काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) शुक्रबार सुरु भएको छ । दशरथ रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीले खेल्दैछन् ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा सुरु प्रतियोगिताका टिमहरु नेपालका ९ सहरबाट बनाइएको छ ।
प्रतियोगिता काठमाडौ रेजर्स, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, चितवन एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, स्पोर्टिङ इलाम, झापा एफसी, वीरगंज सिटी एफसी छन् ।
प्रतियोगिताका सबै खेल काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । एनएसएलको पहिलो संस्करण सन् २०२१ मा सुरुआत भएको थियो ।