प्रविधिको विकाससँगै लैंगिक हिंसाको स्वरुप परिवर्तन चुनौतीपूर्ण: कुँवर

काठमाडौं । प्रविधि विकाससँगै समाजमा देखा परेको लैंगिक हिंसाका स्वरुप परिवर्तन भइरहँदा घटना छानबिन र पीडितलाई न्याय दिलाउने काम जटिल बनेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौतीका बाबजुद प्रहरीले पीडितका पक्षमा काम गरिरहेको बताए । प्रविधिको विकाससँगै आधुनिक समाजमा लैंगिक हिंसाको स्वरुपमा भइरहेको परिवर्तनले शान्ति सुरक्षा कायम गर्न चुनौती थपेको उनको भनाइ थियो । प्रविधिमैत्री तवरबाटै चुनौती समाधान गरी पीडितलाई न्याय दिन प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।

‘लैंगिक हिंसाका स्वरुप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले हामीलाई थप चुनौती रहेको पक्षलाई स्वीकार गर्दै नेपाल प्रहरी पीडितलाई न्याय दिने प्रयासमा प्रतिबद्ध छ,’ उनले भने ।

नेपाल प्रहरी संगठनले लैंगिक हिंसाका घटनालाई उच्च प्राथमिकता र संवेदनशीलताका साथ सम्बोधन गर्दै आएको उनले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्