आइपीपीएलअघि नै चेन्नईलाई झट्का, बेन स्टोक नखेल्ने

आइपीपीएलअघि नै चेन्नईलाई झट्का, बेन स्टोक नखेल्ने

काठमाडौं । पाँच पटकको च्याम्पियन टोली चेन्नई सुपर किंग्स (सीएसके) लाई आईपीएलको अर्को सिजन सुरु हुनुअघि नै ठूलै झट्का लागेको छ ।
इंग्ल्याण्डका सुपरस्टार अलराउन्डर बेन स्टोक्सले आईपीएल (आईपीएल–२०२४) को अर्को सिजनबाट बाहिरिने निर्णय गरेका छन् ।

स्टोक्सलाई सीएसकेले आइपीएल २०२३ को अक्सनमा १६.२५ करोडमा खरिद गरेको थियो ।

स्टोक्सले आफ्नो कामको बोझ र फिटनेसमा ध्यान दिँदै आउँदो सिजन आइपीएल नखेल्ने निर्णय लिएका हुन् ।

बेन स्टोक्स हालै सन् २०२३ को एकदिवसीय विश्वकपका लागि इंग्ल्याण्डको टोलीबाट सन्यास लिएर फर्किएका थिए । विश्वकप २०२३ मा इंग्ल्याण्डले खराब प्रदर्शन गरे पनि बेन स्टोक्सले फरक छाप छोडे । बेन स्टोक्सले पनि आफ्नो घुँडाको शल्यक्रिया गर्नुपर्ने बताएका छन् । उनी लामो समयदेखि यो समस्यासँग जुध्दै आएका छन् ।

३२ वर्षीय स्टोक्सले आईपीएलमा अहिलेसम्म २ शतक प्रहार गरेका छन् । उनले ४५ खेलमा कुल ९३५ रन बनाएका छन् । यसबाहेक उनको नाममा २८ विकेट पनि छन् । उनले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरमा ४३ खेलमा ५८५ रन बनाउनुका साथै २६ विकेट पनि लिएका छन् ।

स्टोक्सले आईपीएलको अन्तिम सिजनमा जम्मा २ खेल खेलेका थिए जसमा उनले जम्मा १८ रन बनाएका थिए भने १ ओभर मात्र बलिङ गरेका थिए । हालै सम्पन्न एकदिवसीय विश्वकपमा पनि उनले ब्याटिङ गर्दै १ शतक र २ अर्धशतक बनाएका थिए । स्टोक्सले यो विश्वकपमा ६ खेल खेलेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्