संयुक्त तालिमका नेपाली सेनाको डफ्फा भारततर्फ

संयुक्त तालिमका नेपाली सेनाको डफ्फा भारततर्फ

काठमाडौं । भारतमा हुने संयुक्त तालिम सूर्यकिरण–१८ का लागि नेपाली सेनाको डफ्फा त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम भारतको पिथौरागढमा शुक्रबार सुरु हुँदैछ । दुवै देशका सेनाको गण (बटालियन) स्तरको फौजको सहभागिता रहने उक्त अभ्यासमा सहभागी हुने नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो ।

२०६७ सालबाट बर्सेनि नेपाल र भारतमा आलोपालो गरी आयोजना हुँदै आएको संयुक्त अभ्यास सूर्यकिरणको यो १७ औँ संस्करण भएको नेपाली सेनाले जनाएको छ । गत वर्ष पुस १ देखि पौष १४ गतेसम्म रुपन्देहीको सालझण्डीमा १६ औँ संस्करणको तालिम सञ्चालन भएको थियो । यो वर्ष सञ्चालन हुने संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३ सय ३४ जना को सहभागिता रहने जनाइएको छ ।
मंसिर २१ सम्म सञ्चालन हुने संयुक्त अभ्यासमा सहभागी फौजहरूले विपद् व्यवस्थापन, प्रति व्रिदोह तथा प्रति आतंकवाद लगायत जंगल युद्धकला सम्बन्धी व्यवहारिक अभ्यास गर्नेछन् ।

तस्बिर सौजन्य : नेपाली सेना

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्