गणतन्त्रमाथि प्रश्न उठेपछि सडकमा उत्रिएको महेश बस्नेतको दाबी

गणतन्त्रमाथि प्रश्न उठेपछि सडकमा उत्रिएको महेश बस्नेतको दाबी

काठमाडौं । एमाले नेता महेश बस्नेतले गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिएको दाबी गरेका छन् ।

राजधानीको तीनकुनेमा बिहीबार एमाले भ्रातृ संगठन युवा संघले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजधानीमा एमाले भ्रातृ संगठन र दुर्गा प्रसाईं समूहले प्रदर्शनका लागि एकै दिन रोजेपछि स्थानीय प्रशासनको सक्रियतामा छुट्टाछुट्टै ठाउँ तोकिएको छ ।
बल्खुमा प्रसाईं समूहले प्रदर्शन गररिहेको छ । बस्नेतले तीनकुनेको भेलामा सुरक्षाकर्मीले युवा संघलाई सुरक्षा दिन नसके बल्खुमा पुग्ने चेतावनी दिए ।

बल्खुमा सुरक्षाकर्मीले युवा संघको कार्यकर्तालाई सुरक्षा दिन नसके आफूहरु जाने चेतावनी दिएका हुन् । युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले बल्खुमा युवा संघको जुलुसलाई रोक्न खोजेको भन्दै प्रहरीले सुरक्षा दिन नसके त्यहाँ पुग्नु परेमा कमिला किचेजस्तो हुने भन्दै चेतावनी दिएका हुन् ।

उनले भने,‘बल्खुमा हाम्रो आइरहेको जुलुसलाई रोक्न खोज्यो भन्ने मैले सुने । म प्रहरीलाई अनुरोध गदैछु । बल्खुबाट आइरहेको करिब ५०० जतिको जुलुस छ र रोक्न खोजेको हो भने प्रहरीले त्यो कुरालाई ध्यान देओस् होइन भने यो सिंगो पंक्ति त्यहाँ जानुप¥यो भने कमिला किचेजस्तो हुनेछ ।’

उनले आफूहरुको लक्ष्य झडप गर्ने र सरकारको निषेधाज्ञा तोड्ने नभएको प्रष्ट पारे ।

गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्नको लागि आफूहरू सडकमा आएको उनले बताए ।

बस्नेतले गरे प्रसाईंको प्रदर्शनलाई कटाक्ष, भने– हाम्रो कार्यक्रम बाघको जस्तो

राष्ट्रिय युवा संघका संयोजक स्नेतले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् । उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् ।  उनले प्रसाईं समूहलाई ठिक ठाउँमा बस्न चेतावनी दिए ।

उनले भने, ‘हामीले भनेका थियौ हाम्रो कार्यक्रम बाघको जस्तो हुन्छ र दुर्गा प्रसाईँको कुकुरको जस्तो लम्पसार पर्छ भनेर । मान्छेले पत्याएका थिएनन् । आज हावा फुस्केको छ । भोलिदेखि ठिक ठाउँमा बस । हामी सल्लाह गर्दैछौं, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३२ सिटे पार्टी भन्दै व्यंग्य गरे ।

आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाएमा सिंहदरबारको कुर्सीबाट हटाएर माइतीघरमा ल्याउने चेतावनी उनले दिए ।

उनले भने,‘म प्रधानमन्त्रीलाई झीर खोपेर सुन्न चेतावनी दिन्छु । तपाई सच्चिनु भएन भने तपाईको ३२ सिटे पार्टी र तपाई आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाउनु भयो भने प्रचण्डलाई सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो । त्यो तागत युवा विद्यार्थीसँग छ । एमालेसँग छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्