मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा

मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताएकी छिन् ।

मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रममा उनले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने भन्दै सडकमा अलपत्र नागरिकलाई उद्वार गरेर स्याहार र उपचार गर्नु मानव सभ्यताका हिसाबले पनि सर्वोत्तम सेवा भएको बताईन् ।

उनले मानव सेवाको पक्षमा सञ्चालित अभियानहरुमा सरकारसहित सबैले सहयोग गर्नुपर्ने भन्दै पछिल्लो समय जन्मदिन, विवाह, बुवाआमाको सम्झना आदिमा दान सहयोग गर्ने प्रचलन बढ्नु राम्रो भएको बताईन् ।

उनले मानिस गरिबीका कारणले भन्दा पनि बढी पारिवारिक हिंसाका कारणले घर छाडेर सडकमा निस्कने गरेको भन्दै हरेक घर परिवारलाई हिंसारहित बनाउन जोड दिनुपर्ने र पीडितलाई मनोसामाजिक परामर्श पनि दिनुपर्ने बताईन् ।

यसअघि, उनले घोराही उपमहानगरपालिका– १५ स्थित कस्तुरीनगर टोलबासीसँग शुक्रबार बिहान छलफल गर्दै हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्यांकन सम्ममा टोल विकास समितिहरु लाग्नुपर्ने बताईन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्