काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार ठूलो गोडभेँडाको मूल्य हिजोकै कायमा रहेको छ । नेपालीठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज६० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य भने ३० रुपैयाँ कायम छ । रातो आलुको न्यूनतम मूल्य ५५ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य २० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भईरहेको छ ।
यस्तै गाजरको मूल्य प्रतिकेजी ५० रुपैयाँमा विक्रि भएको छ भने घिउसिमी लोकल २०,मकै बोडी २०, मटरकोशा १८० रुपैयाँ तोकिएको छ । तितो करेला८०, परवल ३५,घिरौला ४०,फर्सी पाकेको ३० कन्ने च्याउ ५०, डल्ले च्याउ २८०, काँक्रो लोकल २५,रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ३० रुपैयाँ, तोरीको साग प्रतिकेजी ३० रुपैयाँ रहेको छ ।
फलफूमा केरा दर्जनको १६० रुपैयाँ तोकिएको छ ।फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १२०रुपैयाँमा विक्रि भईरहेको छ । मौसम८०, किवि १५० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।