चिसोले भूकम्प पीडितको मृत्यु हुनु दुर्भाग्यः नेता खनाल

चिसोले भूकम्प पीडितको मृत्यु हुनु दुर्भाग्यः नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले अझै राहत पाउन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् । सोमबार काठमाडौंमा राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादी केन्द्रीय कमिटीद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।

भूकम्प पीडितलाई सहयोगका लागि एकद्धार नीति बनाएको र विभिन्न संघ संस्था, पार्टीहरुले सहयोग पुर्याइरहेको उल्लेख गर्दै तर पीडितहरुसम्म सहयोग पुगिरहेको छैन भन्ने गुनासा आएको बताए ।

कतिपय जनताले अझै पनि आवश्यक राहत, उद्धार पाउन नसकेको कुरा सञ्चार माध्यमहरुमा आइरहेको भन्दै उनले चिसोका कारण कतिपयको मृत्यु भएको कुरा साँचो हो भने अत्यन्तै दुर्भाग्यको कुरा भएको उल्लेख गरे ।

उनले भने, ‘यो कुरालाई सरकारले अत्यन्तै गम्भीरतापूर्वक सोच्नुपर्छ । अहिलेसम्म यत्रो दिन पार हुँदा सरकारले आवश्यक सुविधा दिँदैन । एउटा कम्बल पनि दिन सक्दैन । मानिस जाडोले मर्नुपर्ने स्थिति भयो भने योभन्दा दुर्भाग्य अरु हुन सक्दैन ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्