टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिड्न खोज्योः थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले टिकट बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिडेको बताएका छन् । सामाजिक संजालमा स्टाटस पोष्ट गदै महामन्त्री थापाले सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाए ।

थापाले भनेका छन्– सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो।

थापाले सामाजिक संजाल बन्द गर्ने भन्दा पनि यो सरकारको नियतको विषय रहेको बताए । एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो, । सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन, थापाले लेखेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्