साताको पहिलो दिन सुनको भाउ एक हजारले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार एकैदिन सुनको मुल्य एक हजार रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रूपैयाँ कायम भएको छ ।

शुक्रबार एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रूपैयाँमा निर्धारण गरिएको छ ।

आज तोलामा २० रूपैयाँले घटेको चाँदी प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्