थोत्रो एजेन्डाले नयाँ क्रान्तिको सपना नदेखे हुन्छ: खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले, थोत्रो एजेण्डा बोकेर नयाँ क्रान्तिको सपना नदेख्न चेतावनी दिएका छन् ।

शनिबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको शुभकामनाआदानप्रदान कार्यक्रममा बोल्दै उनले जनताले फ्याकेका एजेण्डा बोकेर फेरी आन्दोलन गर्न खोजिएको भन्दै उनले मक्केका एजेन्डा ताजा बन्न नसक्ने तर्क गरे ।

उनले भने,‘ईतिहासमा मक्की सकेका थोत्रो भइसकेका र एक पटक जनताले फ्याकेका एजेण्डाहरु अब फेरी यी एजेण्डाहरु ताजा बन्नै सक्दैन् । कुनै हालतले पनि सक्दैन् । तर तिनै एजेण्डाकाआधारमा अब आन्दोलन गर्छौ भन्ने ठाउँमा ती व्यक्तिहरु पुग्दैछन् । ’

अर्को प्रशंगमा उनले भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन सरकार चुकेको टिप्पणी गरे ।

उनले भने,‘जुनहिसाबले राहत सुविधा दिनुपर्ने हो । त्यो कुरामा सरकार अझै ढिलाभईरहेको छ पछि परिरहेको छ । र कतिपय मानिसहरुले आवश्यक मात्रामा राहत पाएको छैन् भन्ने सुनेका छौं । प्रेसले भनेको कुरा साँचो हो कि होईन सरकारले सुनोस र सरकारले पीडित क्षेत्रमा सेवा सुविधा पुर्‍याउने कुरामा र उद्दार गर्ने कामहरुमाचाँडो गरोस् ।’
सरकारलाई भूकम्प प्रभावितलाई राहतमा ढिलाइनगरि सेवा सुविधा र उद्दारको काम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्