युवा संघले भूकम्प पीडितका लागि राहत सामग्री लैजाने

युवा संघले भूकम्प पीडितका लागि राहत सामग्री लैजाने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघले भूकम्प पीडितको सहयोगका लागि राहत सामग्री वितरण गर्ने भएको छ ।

संघले करिब १५ लाख रुपैयाँ बराबरको सोलर प्यानल, औषधिलगायत विभिन्न सामग्रीहरु भूकम्पप्रभावित क्षेत्रमा वितरण गर्न लागेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।

उनले भने, ‘कर्णाली प्रदेशमा गएको भूकम्प र त्यसले गरेको विनाशका सन्दर्भमा देशभरिबाट सहयोग, उद्धारका कार्यहरु हुने क्रम जारी छ । त्यही सिलसिलामा हाम्रो युवा संघले विभिन्न सामग्रीहरु जम्मा गरेर सहयोग पुर्याउन आजबाट पहल सुरु गरेको छ । सोलार प्यानल, औषधिलगायत विभिन्न सामग्रीहरु गरेर १४–१५ लाख रुपैयाँका सामानहरु प्रभावित क्षेत्रमा लैजाने तयारी छ ।’

यस्तै, उनले सरकारले राहतको कार्यमा ढिलाई गरेको भन्दै एकद्वार नीतिअन्तर्गत सेवाहरु छिटो पुर्याउन आग्रह गरे ।

उनले भने, ‘झन्डै एक हप्ता भइसकेको छ । कतिपय पीडित जनताले सहयोग पाउन नसकेको कुराहरु आइरहेको छ । सरकार किन ढिला भइरहेको छ । एकद्वार नीतिअन्तर्गत सेवा पुर्याउने कुरा नराम्रो होइन तर ढिला हुनु आपत्तिजनक कुरा हो । तदारुकताका साथ सहयोग पुर्याउनु पर्छ ।’

सरकारले छिटोभन्दा छिटो सहयोग र उद्धारको काम गर्नुपर्ने भन्दै नेपाल जस्तो देशलाई भूकम्पको प्रकोपबाट मुक्त गर्ने योजनाहरु बनाएर सबै अगाडि बढ्नु पर्ने पनि खनालले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्