काठमाडौं । वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमले विश्व एक्वेटिक्सले नेपालको पौडी खेलको विकासमा सक्दो सहयोग गर्ने वचन दिएका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा उनले, नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पछिल्लो समय वर्ल्ड एक्वेटिक्सको प्राथमिकताहरु परिर्वतन भएको बताउदै अब नेपाल जस्ता विकासोन्मुख देशहरुका खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताए।
उनले आफुहरुले नेपालको पौडी खेललाई नजिकबाट नियालेको भन्दै आफ्नो नेपाल भ्रमण यहाँको खेल क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाउनकै लागि भएको बताए । उनले प्रशिक्षक उत्पादन तथा भौतिक संरचना निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले पौडीलाई विद्यालय शिक्षाकै रुपमा विकशित गर्नु पर्ने बताए । उनले आफ्नो अर्को भ्रमणमा नेपालको पौडी खेलमा केही परिर्वतन देख्न पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पौडी एसोसियसनका महासचिव जगतमान श्रेष्ठले हुसेनको नेपाल भ्रमणका लागि धन्यवाद दिदैँ नेपालमा पौडी क्षेत्रको विकासमा उनको आगमनले थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।