प्रधानमन्त्रीलाई नेकपा एसको २५ लाख रुपैयाँको चेक हस्तान्तरण

प्रधानमन्त्रीलाई  नेकपा एसको २५ लाख रुपैयाँको चेक हस्तान्तरण

काठमाडौं । नेकपा एकीकृत समाजवादी -एसले भूकम्प प्रभावित नागरिकको सहयोगार्थ कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

नेकपा एसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितहरूको उद्धार एवम् राहतका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुद्वारा रकम संकलन गरी २५ लाख रुपैयाँ दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको हो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्