प्रशासकहरू मन्त्री र सांसदको स्वागत गरेर बस्दा राहत वितरण प्रभावितः अर्याल

रास्वपा विकल्परहित पार्टी भएको उपसभापतिअर्यालको दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रुकुम र जाजरकोटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरु मन्त्री र सांसदहरूलाई स्वागत गरेर बस्दा राहत वितरण प्रभावित बनेको टिप्पणी गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले सीडीओहरूले मन्त्री र सांसदहरूलाई स्वागतमात्र गरेर बस्नुपर्दा राहत वितरणमा समस्या देखिएको भन्दै समाधानका निम्ति सुझाव दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न खोज्दा भेट नपाएको गुनासो गरे ।

‘रुकुम र जाजरकोटमा भूकम्प गयो । सीडीओ साहेबहरूचाहिँ संघीय माननीय र मन्त्रीहरू अनि प्रदेशमा माननीय र मन्त्रीहरूको स्वागत र सत्कारमै व्यस्त भएपछि त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भनेर गुनासो छ’ उनले भने, ‘मैले गृहमन्त्रीज्यूलाई भेटेरै तुरुन्तै तपाईंले काठमाडौंबाट दुईजना सहसचिवहरू पठाइदिनुस् स्वागत गर्नका लागि, त्यहाँ बसेर उहाँहरूले स्वागत गर्नुहुन्छ, तर सीडीओहरूलाई चाहिँ काम गर्न लगाउनुस् भन्न गएको । तर, उहाँले भेट्न समय नै दिनु भएन ।’

सरकार आम उपभोक्ताको हितका निम्ति जिम्मेवार नभएको आरोप पनि अर्यालले लगाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्