१६ औँ योजना निर्माणमा प्रदेशगत छलफल  सुरु

१६ औँ योजना निर्माणमा प्रदेशगत छलफल  सुरु

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना निर्माणका लागि प्रदेशगत रुपमा छुट्टाछुट्टै टोली पठाएर  योजना तर्जुमाका लागि आवश्यक छलफल सुरु गरेको छ ।

सातै प्रदेशबाट योजनाहरुको संकलन,निर्माण तथा छनौंट गर्न आयोगले छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत रुपमा आयोगले टोली पठाएको हो ।

भूकम्पका कारण तत्कालका लागि कर्णाली प्रदेशको कार्यक्रम रोकेको आयोगले जनाएको छ ।

आयोगले आज मधेश प्रदेशमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् ।

आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने प्राकृतिक विपित्तिका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ ।

आयोगका प्रवक्ता,सहसचिव भुसालका अनुसार आज र भोलि मधेश र बागमती प्रदेशको हेटौंडा र सुदुरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ । यसका लागि आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ ।

यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको भुसालले जानकारी दिए । उनका अनुसार यी दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण आयोगले टोली पठाएको छै्रन ।

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरुको समेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्