काठमाडौं । नेकपा एमालेका नेता, पूर्वमन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित नेकपा एमाले निकट बुद्धिजीवि परिषद् चौथो केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सरकारले देशप्रति नभएर अमुक शक्तिको हितमा लागेको आरोप लगाए ।
उनले भने, ‘तपाई हामी सबै जानकार नै छौं । राज्य अहिलेको सरकार भनेको नेपालप्रति नेपाली जनताप्रति कुनै जवाफदेहिता बाकेको सरकार छैन् । यो बनाउँन पनि अरुले नै बनाएको छ । सेवापनि अरुकै निम्ति समर्पित भएर लागेको छ । यसले कुनै काम गर्दैन नहुने र नगर्नुपर्ने काम चाँहि खोजि खोजि गरिरहेको छ ।’
उनले सरकारले विचार, संगठन, नेतृत्वले र अनुभवले हिजो अवसर पाउँदा क्षमता देखाएका शक्तिहरुलाई पनि आज ओझेलमा पार्ने काम गरेको आरोप लगाए ।
उनले भने, ‘यस्तो सरकार हुँदाहुँदै पनि तपाई हाम्रो विचारले, संगठनले, नेतृत्वले र अनुभवले हिजो अवसर पाउँदा काम गर्ने क्षमता देखाएका शक्तिहरुलाई पनि आज ओझेलमा पारिएका छन्। तिनिहरुलाई घेराबन्दीमा राखिएको छ ।
यो घेराबन्दीबाट उकास्ने बिषयहरु के हुन्छन् खोज्नुपर्छ।’
त्यस्तै एमाले वुद्धिजिवी परिषदका अध्यक्ष डाक्टर दिनेश चन्द्र देवकोटाले एमालले सरकार छोडेपछि नेपालको अर्थतन्त्र विग्रिएर गएको आरोप लगाए । उनले भने ‘मूलुकको राष्ट्रियताको सवालमा नेकपा एमाले बलियो शक्ति बन्न सकेन भने राष्ट्रियता खराब हुनसक्छ ।
एमालले सरकार आज अर्थतन्त्रलाई सुधारने क्रममा हिजो हामीले सरकार छोडेछि आज त्यो स्थिति विग्रेर गएको छ । अझै धेरै कुरा सुधार्न आवश्यक छ ।’