राष्ट्रसंघले हमासलाई हतियार मुक्त बनाउने भूमिका खेल्नु पर्छ: विश्लेषक सुवेदी

राष्ट्रसंघले हमासलाई हतियार मुक्त बनाउने भूमिका खेल्नु पर्छ:  विश्लेषक सुवेदी

काठमाडौं । अर्थ राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले अहिले मध्यपूर्वमा चर्किएको युद्ध प्यालेष्टाइन विरुद्धको नभएको तर्क गरेका छन् ।
इजरायर र प्यालेस्टाईनबीच जारी युद्धबारे काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा उनले इजरायलको युद्ध प्यालेस्टाईनसंग नभई हमाससंग मात्रै भएको जिकिर गरे ।

त्यस्तै त्यहाँ शान्ति कायम गर्न राष्ट्रसंघ असफल भएको उनको भनाई छ । अझै पनि राष्ट्रसंघले दुई देशको सिमा क्षेत्र खोलेर मानिसहरुको जीवन रक्षाका लागि भूमिका खेल्नु पर्ने बताए ।

उनले भने ‘त्यो पास गरेर दुईवटै युद्धरत पार्टीहरुलाई कोरिडोर खोल्ने र रेस्क्यूका लागि मासिनहरुलाई त्यहाँ जान सक्ने रेडक्रस र अरु अन्तराष्ट्रिय रेस्क्यू गर्ने संस्थाहरुलाई जान सक्ने अवस्था निमार्ण गर्नुपर्छ ।’

त्यस्तै उनले, संयुक्त राष्ट्रसंघले हमासलाई हतियार मुक्त गर्न भूमिका खेल्नुपर्ने तर्क गरे । त्यस्तै नेपालले पनि हमासको निशस्त्रिकरणका लागि आवाज उठाउनु  प्रथ्याे उनले भने ।

‘मेरो कुरा के थियो भने सबै अरब देश र स्टेटहरु जुन छन् ती र यूएनले सबैले मिलेर हमासलाई निशस्त्र गर्ने, हमासलाई आतंकवादी गतिविधिबाट मुक्त गर्ने र इजरायलले टु नेशन सिद्धान्तमा सम्झौता गर्ने यो दुई बुदाँका लागि दबाब दिनुपर्छ र यसको लागि यूएनले कदम अगाडि सार्नुपर्छ भन्ने कुरा नेपालले बोल्छ की भन्ने लागेको थियो म भएको भए बोल्थे ।’ उनले भने ‘किनभने वीपि कोईरालाले त्यती वर्ष अगाडि बोलेको कुरा संसारमा प्रसिद्ध भयो भने पुष्पकमल दाहालले भनेको कुरा प्रसिद्ध हुदैँन् भन्ने त होईन्, नि ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्