त्रिकोणात्मक श्रृंखला: हङकङलाई नेपालको २१४ रनको लक्ष्य

काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै नेपालमा जारी त्रिकोणात्मक श्रृंखलामा घरेलु टोलीले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो ।
निक्कै नै खराब सुरुवात गरेको नेपालले रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई मात्र २ रनमा गुमाएको थियो ।

तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमा आउट भए । त्यसपछि नेपालका लागि आसिफ शेख २० र कप्तान रोहित पौडेल ११ रन बनाएर पेभिलियन फर्किदाँ नेपालको स्कोर ५५ रन मात्रै थियो ।

त्यसपछि कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरेका हुन् ।
१७औं ओभरको पाँचौं बलमा छक्का हादै मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए। अर्को ओभरमा ऐरीले पनि समान ३० बलमा ५० रन कटाए ।

ऐरी १९औं ओभरको अन्तिम बलमा आउट भए । कुल ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौकाको मदतमा ५७ रन बनाए ।
यस्तै अन्तिम बल खेल्नु अघि मल्ल ९२ रनमा पभेलियन फर्किएका थिए । ४१ बलको समना गरेका उनले ९ वटा छक्का र तीन चौका प्रहार गरे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्