काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार शनिबार, युरो एकको खरिद दर १४० रुपैयाँ ५३ पैसा र बिक्री दर १४१ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ८९ पैसा र बिक्री दर १६१ रुपैयाँ ६१ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने विक्री दर ९७ रुपैयाँ २९ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९६ रुपैयाँ रहेको छ ।