इजरायलमा मृत्यु भएका नेपालीको शव चाँडो ल्याउन सरकारको ध्यानाकर्षण

इजरायलमा मृत्यु भएका नेपालीको शव चाँडो ल्याउन सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभाअन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

आज समितिको बैठकमा उनले उनीहरुलाई आवश्यक राहत दिने, बाँकी नेपालीलाई नेपाल फिर्ता ल्याउने र बझाङ्मा गएको भूकम्पप्रतिध्यानाकर्षण गराउने निर्णय पनि भएको जनाए ।

उनले भने, ‘इजरायलमा मृत्यु भएका १० जना नेपालीको शव चाँडोभन्दा चाँडो नेपाल ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गराउने र परिवारलाई राहत दिने र त्यहाँ रहेका नेपालीहरु नेपाल छिटो फर्किन चाहन्छन् । उनीहरुलाई फर्काउन सरकारको ध्यानाकर्षण गराउने र बझाङ्मा गएको भूकम्पप्रति ध्यानाकर्षण गराउे निर्णय भएको छ ।’

यस्तै, उनले आन्दोलनरत बीबीएसक ाविद्यार्थीहरुको बारेमा सचिवालयले केही गृहकार्य गर्नुपर्ने भन्दै यसका लागि एउटा अध्ययन कार्यदल बनाएर विषयको अध्ययन पनि गर्नुपर्ने बताए ।

उनले भने, ‘डाक्टरमाथि हात उठाउन कोही कसरी बाध्य भयो, यसमा प्रशासनको गल्ती छ कि, यो बारेमा अध्ययन गर्नुपर्छ । समस्या कहाँबाट सुरु भयो त्यसको पनि अध्ययन गर्नुपर्छ । यस्ता घटनाहरु भएपछि डाक्टरहरुले देशव्यापी रुपमा ४–५ दिन सेवाबन्द गर्ने हो भने त्यसको असर कस्तो पर्छ होला ? यसमा एउटा एजेण्डा नै बनाएर छलफल गरेर अध्ययन कार्यदल बनाएर अगाडि बढ्नु पर्छ । त्यो अध्ययन कार्यदलले घटना कहाँबाट सुरु भयो र किन भयो भन्ने विषयको अध्ययन पनि गर्नुपर्छ ।’

युवा र खेलकुद क्षेत्रमा पछिल्लो समय प्रगति भए पनि सरकारको तर्फबाट र बजेटको हिसाबमा ओझेलमा परेको भन्दै यसमा सबैको धारणा समेटेर कार्ययोजना बनाउन पर्ने उनको भनाई छ ।
त्यस्तै, समिति सदस्य सुमना श्रेष्ठले आन्दोलित विद्यार्थीहरुको कुरा उठाउँदै विद्यार्थीहरुको समस्याको दिगो समाधानका लागि एउटा कार्यदल बनाएर स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्ने सुझाव दिएकी छन् ।

उनले भनिन्, ‘यहाँ बोलाएर छलफल त गरेका थियौ तर त्यसको दिगो व्यवस्थापन हुन सकेको छैन । त्यसका लागि पनि एउटा कार्यदल बनाएर स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयलाई निर्देशन दिने हो कि, त्यसको दिगो समाधानको लागि हामीले नै पहल गर्नुपर्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्