एकता स्पोर्टिङ गोल्डकपमा झापा ११ विजयी

एकता स्पोर्टिङ गोल्डकपमा झापा ११ विजयी

बिर्तामोड । चारपानेमा सुरु भएको दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिता झापा ११ एफसीले विजयी सुरुवात गरेको छ ।

बिर्तामोड २ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा ११ ले बाहुनडाँगी एफसीलाई ३–१ गोल अन्तरले हराएको हो ।

झापा ११ का लागि समिर गुरुङ, प्रदिप बुढाथोकी र मनिष लिम्बूले गोल गरे । बाहुनडाँगीका तर्फबाट सेवन मगरले सान्त्वना गोल फर्काए ।

सुरुवातदेखि लै बाहुनडाँगीलाई दबाबमा राखेको झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । आजको खेलको प्लेयर अफ द म्याच झापा ११ का प्रदिप बुढाथोकी भए । उनले नगद तीन हजार पाए ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्