हामीसँग सिंचाईको निम्ति कुनै गौरबको योजना छैन: कृषिमन्त्री भूसाल

हामीसँग सिंचाईको निम्ति कुनै गौरबको योजना छैन: कृषिमन्त्री भूसाल

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसालले, नेपाललाई खाद्यान्नमा आत्म निर्भर बनाउन, बहुउद्देश्यीय परियोजना बनाएर काम गर्ने योजना सुनाएका छन् ।

बिहीबार काठमाडौंमा विश्व खाद्य दिवस विशेष कार्यक्रममा उनले राष्ट्रिय उत्पादन घट्दै गएको धान, चामल ,गहुँ जस्ता खाद्यान्न धेरै भारतबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न बहुउद्देश्यीय परियोजना बनाएर काम गर्नु पर्ने बताए ।

खाद्यान्न उत्पादन वृद्धि गर्न कृषि र सिंचाई मन्त्रालयले, समन्वयात्क रुपमा कार्य गरी सिंचाई व्यवस्था, उन्नत जातको बिउ वितरण देखि समयमै किसानलाई मल उपलब्ध गराउन विशेष अभियान चलाउनु पर्ने पनि उनको भनाई छ ।

उनले धान, गहुँ र चामल जस्ता खाद्यवस्तुको आयात प्रतिस्थापन गर्न सकिने भन्दै किसानलाई सिंचाईको सुविधा उपलब्ध गर्न सिंचाई र कृषि दुवै मन्त्रालयले एकसाथ काम गर्न आवश्यक भएको बताए ।

‘कृषि उत्पादन वृद्धि गर्न चाहिने मुख्य आवश्यकता जमिन हो भने दास्रो सिंचाई नै हो । बोरिङ, डाइभर्सन र नहरमा अल्झिएका छौ । हामीसँग सिंचाईको निम्ति कुनै गौरबको योजना छैन । पूर्वदेखि पश्चिमका सम्पूर्ण नदी प्रणालीहरुलाई जोड्ने गरी नहर निर्माण नगरेसम्म नत चुरे रिचार्ज हुन्छ नत तराई सिंचाई हुन्छ ।’ उनले भने, ‘बहुउद्देश्यीय परियोजना बनाएर चुरेको फेदीदेखि मधेशसम्म सम्पूर्ण तराईलाई सिंचाई र चुरेलाई रिचार्ज गर्ने एउटा मेगा प्रोजेक्ट नै बनाएर त्यो सम्भावनातर्फ हामी जानुपर्छ ।’

उनले उक्त योजना बनाएर लाग्न कृषि विभागलाई आग्रह समेत गरेका छन् ।
उक्त अभियानले रोजगारी सिर्जना गर्ने, उत्पादन वृद्धि गर्नेदेखि आर्थिक अवस्था सुधार्न सकिने उनको भनाई छ । विश्वमा बढ्दो तापक्रम वृद्धि र उत्पादन वृद्धिका लागि रासायनिक मल कटौति गर्नै पर्ने बताए ।

कर्णाली प्रदेशले सुर्खेत दैलेखका केही ठाउँमा बाहेक अन्य ठाउँमा रासायनिक मलको प्रयोग विना प्राङ्गारीक र जैविक मलको प्रयोगमा खेती गर्दै आएको भन्दै त्यसलाई प्रोत्साहन गर्ने उनले बताए ।

उनले भने ‘हाम्रा कयौं क्षेत्रहरु रासायनिक मलप्रयोग नगरेका छन् । कर्णलीले सुर्खेत र दैलेखका केही भागमा बाहेक अन्यन्त्र रासायनिक मल प्रयोग नगर्ने भनेर घोषणा गरेको छ । हामीले अन्त पनि यो गर्न सक्छौ । रासायनिक मलको कटौति र जैविक मलको प्रयोगमा वृद्धि गर्दै जानुपर्ने अहिलेको आवश्यकता हो । नयाँ ढंगले प्राकृतिक खेतीगर्ने दिशामा हामी जानुपर्छ ।’
उनले नेपालमा उन्नत जातको विभिन्न बिउको उत्पादन भएको तर, त्यो किसानसम्म पुग्न नसकेको उल्लेख गर्दै उन्नत प्रजातिका बिउबिजन किसानसम्म पुर्याउन आवश्यक रहेको बाताए ।

नेपालका प्रमुख खाद्यान्न बालीको उत्पादनमा वृद्धि गराउनुपर्ने र रैथाने बालीको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा मन्त्री भुषालको जोड छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्