काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका बुधबार छापावाला सुन एक सय रुपैयाँले घटेर प्रतितोला १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँ कायम रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।
त्यसैगरी,चाँदीको मूल्य अघिल्लो दिनको मूल्य नै कामय रहेको छ । प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेकोे छ ।