सुधार गृह व्यवस्थित बनाउन आवश्यक छ: मन्त्री आचार्य

सुधार गृह व्यवस्थित बनाउन आवश्यक छ: मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सुधार गृह व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।आइतबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री आचार्यले बाल सुधार गृहको क्षमता कम र सङख्या बढि भएको कारण हिड्न सम्म सस्या भएको भन्दै सुधार गृह बढाउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘बाल सुधार गृहमा गएर हेर्दा कोचिएर बसेका बाल बालिकाहरु हेर्दा मलाई लाग्छ खुट्टाले हिड्न पनि गाह्रो हुन्छ जस्तो छ साँघुरो ठाउँमा बर्षौ बस्नुपर्दा । त्यसले गर्दा सुधार गृहहरु अत्यन्तै क्षमता कम छ । सङख्या बढि छ । त्यसैले त्यहाँ समस्या आएको छ ।
उमेरको पनि त्यहाँ तालमेल भएको छैन् । व्यवस्थित गरी सुधार्न आवश्यक छ ।’
मन्त्री आचार्यले गोठाटारमा वृद्धको लागि हस्पिटल र वृद्धाश्रम बनाउने भनिएपनि अहिलेसम्म त्यहाँको जग्गा नै टुङ्गो नलागेको बताए ।

उनले भने,‘गोठाटारमा वृद्धको लागि हस्पिटल र वृद्धाश्रम बनाउने भन्ने कुरा अनुगमन भईसकेको छ । को मन्त्री हुनुन्थ्यो थाहा छैन् । तर जग्गा टुङ्गो लगाएर काम सुरु गर्नु पर्ने थियो तर जग्गा टुङ्गो नलागि बजेट पनि छुट्याईयो र काम पनि भएन । अब बिकल्प त्यहाँको स्थानिय तहसँग कुरा गरेर यो कुरा अगाडि बढाएको छौं ।’

उनले बाँकेको नौबस्तामा दुई सय क्षमताको सुधार गृहको रुपमा कारागारकै भवनलाई व्यवस्था गरिएको पनि जानकारी दिए ।
देशमा आधुनिक र व्यवस्थित वृद्धाश्रम आवश्यक रहेको भन्दै सातै प्रदेशमा एउटा वृद्धाश्रम अपरिहार्य रहेको उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्