काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले, देश विकासका लागि वैदेशिक सहायताको विकल्प नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित विद्युत विधेयक २०८० विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले, सरकार र नागरिकको हैसियत विकास निर्माणका लागि लगानी गर्न सक्ने नभएको भन्दै वैदेशिक सहायताको विकल्प छैन् भने ।
‘सरकारले सबै गरिदेओस् भन्ने एकथरीको अपेक्षा, सरकारसंग क्षमतै नभएको अर्को अवस्था यही होइन् अहिलेको रियालिटी ? सरकारले अहिलेका सबै विकासको आवश्यकता पुरा गर्न सक्छ ? सक्दैन । अनि नेपाली जनता, जनताको पनि लगानीबाट पुरा हुने अवस्था छ कि छैन् ? त्यो पनि सम्बभ छैन् । ’ उनले भने ‘त्यसो हो भने हामीले हाम्रो विकासका लागि सहयोग पुग्ने अन्य शक्तिहरुलाई पनि सहयोग गर्नु पर्यो ।
यही होइन् आजको राष्ट्रिय आवश्यकता ? सरकार एक्लैले सक्दैन् । नागरिकको सहयोगले पनि सम्भव छैन् ।
त्यसैले वैदेशिक सहायता त्यतिकै आवश्यकता छ ।’ उनले भने तर सहयता राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका लागि हुनुपर्ने उनको भनाई छ ।