काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठले सरकार र राष्ट्रबैंकको कारण अर्थतन्त्र विग्रिएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित सिन्धुपाल्चोक जिल्लाका विद्यार्थी सम्मान कार्यक्रममा उनले सरकार र राष्ट्र बैंकको कारण अर्थतन्त्रमा समस्या आएको दाबी गर्दै सरकारले सुधार गरेर सहज वातावरण नबनाए दशैंपछि आन्दोलन गर्न महासंघ पछि नपर्ने बताए ।
उनले भने, ‘देशमा १६८ वटा उद्योग वाणिज्य संघ,जिल्ला र नगरहरु स्थापना भएका छन् । हातमा हात मिलाएर देशैभरी आन्दोदनमा हिड्नुपर्ने जस्तो देखिन आएको छ । अहिले नेपाल सरकार र राष्ट्र बैंकबीच असमझदारीको कारणले व्यवसायीको हितमा कुनै काम नभएकोले अहिलेको स्थितिमा व्ययसायीमाथि थिचोमिचो भएको महशुस महासंघले गरेको छ ।’
कार्यक्रमकको सिन्धु युएसए वोलफेयर सोसाइटीको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले संयुक्त रुपमा सिन्धुपाल्चोक जिल्लाबाट ०७९ मा उत्कृष्ट नतिजा ल्याएर माध्यामिक शिक्षा परिक्षा (एसइई) उर्तिण गरेका विभिन्न विद्यालयका पाँच जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।
सम्मानित हुनेमा मेलम्ची घ्याङ मावी मेलम्चीका विवेक श्रेष्ठ, सोहि विद्यालयका आश्विन तामाङ, बाल शिक्षा मावी खाडिचौरकी संस्कृति चालिसे, प्रगति इङ्लिस सेकेण्डरी स्कूल मेलम्चीकी खुशी श्रेष्ठ र सजना बस्नेत रहेका छन् । सासाइटिको सहयोगमा कक्षा १२ उर्तिण गरेका विद्यार्थी विनोद ताामङ पाख्रिनलाई पनि कार्यक्रममा बधाई सहित सम्मान गरिएको छ ।
सम्मान पछि पाख्रिनले सिन्धु सोसाइटिको सहयोगप्रति खुशी व्यक्त गर्दैै उनले सोसाइटिको कामको प्रशंसा पनि गरे । उनले आगामी दिनमा उक्त सहयोगको निरन्ताका लागि कामना समेत गरेका छन् । सिन्धु युएसए वोलफेयर सोसाइटीले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका अन्य २२ जना विद्यार्थीको शैक्षिक जिम्मेवारी लिएर उच्च शिक्षा अध्ययनमा सहयोग गर्दै आएको छ ।