आपसी सद्भावलाई थप मजबुत बनाउन राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हरेक जात, जाति, धर्म, संस्कृति तथा समुदायको सह–अस्तित्व स्वीकार गर्दै आपसी सद्भावलाई थप मजबुत बनाउन सम्पूर्णलाई अपिल गरेका छन् ।

आज जितिया पर्व, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जितिया पर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको बताएका छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाड पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको छ । जितिया पर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको मैले महसुस गरेको छु ।’ सन्देशमा लेखिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्