न्यायपालिका सबैले संविधान मिच्ने काम गरिरहेका छन्: पूर्व अध्यक्ष श्रेष्ठ

न्यायपालिका सबैले संविधान मिच्ने काम गरिरहेका छन्: पूर्व अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले नेपाल बार एसोसिएसन र कानून व्यवसायीहरुको जन्म मानव अधिकारको रक्षाको लागि नै भएको बताएका छन् ।

नेपाल बार एसोसिएसनको स्वतन्त्रतामा स्वतन्त्र कानुन व्यवसायी मञ्चको भुमिका विषयक विमर्श तथा संस्था घोषण समारोहमा उनले कानून व्यवसायी राजनीतिक आस्थाभन्दा माथि उठेर न्यायपालिकालाई स्वतन्त्र, स्वच्छ र सक्षम बनाउँनको लागि लाग्नु पर्ने भन्दै यसको नेतृत्व नेपाल बार एशोसियशनले गर्नुपर्ने बताए ।

उनले भने, हामीले मानव अधिकारको रक्षाको लागि पनि काम गर्नुपर्छ, बारको जन्म र हामी कानून व्यवसायीहरुको जन्म पनि यसैको लागि भएको हो । त्यसकारण हामी स्वतन्त्र छौँ । कानून व्यवसायी राजनीतिक आस्थाभन्दा माथि उठेर न्यायपालिकालाई स्वतन्त्र, स्वच्छ र सक्षम बनाउँनको लागि सबै एकमत भएर अगाडि बढ्नु पर्छ । र त्यसको नेतृत्व नेपाल बार एशोसियशनले गर्नुपर्छ ।

उनले राजनीतिक पार्टी, सरकार, न्यायपालिका सबैले संविधान मिच्ने काम गरिरहेको भन्दै यसको खबरदारी र सुधार गर्नको लागि सबै एक भएर अगाडि बढ्नु पर्ने बताए ।

उनले भने, ‘विधिको शासन मान्छु भनेर आईसकेपछि राजनीति अनुसार लाग्छु भनेर पाइदैँन् यदि लाग्नु भयो भने तपाईहरु अपराधी हुने छ । राजनीतिक पार्टी, सरकार र न्यायपालिका वा न्यायपालिकामा रहेका व्यक्ति होस तिनीहरु संविधान मिच्ने काम गरिरहेको छ यो खबरदारी र सुधार गर्ने काम लाग्नको लागि हामी सबै एक भएर अगाडि बढ्नु पर्छ ।’

उनले न्यायपालिका र न्यायधिशहरु स्वतन्त्र भएर मात्रै हुदैँन्, सक्षम, स्वच्छ, पनि हुनुपर्ने भन्दै यो विषयमा कानून व्यवसायीहरु निरन्तर लागि रहेको बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्