बजार अनुमगन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

बजार अनुमगन प्रभावकारी बनाउन  सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले, चाडपर्वको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकको निर्णय सुनाउँदै, सभापति अब्दुल खांनले दसैँ, तिहार, छठलगायत चाडबाडमा हुनसक्ने कृत्रिम अभावलाई ध्यानमा राखेर अनुगमन प्रभावकारी बनाउन निर्देशन दिइएको जानकारी दिए ।

चाडबाड लक्षित सहूलियत मूल्य पसलको सङ्ख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र कालोबजारी, कृत्रिम अभाव लगायतका समस्या गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको उनको उनको भनाई छ ।

उनले भने ,‘चाडबाडलाई लक्षित गरी सरकारले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णय गरेकामा त्यो स्वागतयोग्य छ । यस्ता सहुलियत पसल थप विस्तार गरी सबै नागरिकमाझ उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन समिति मन्त्रालयलाई निर्देशन दिन्छ ।’

त्यस्तै, कर्णाली प्रदेशलगायतका विभिन्न दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन र बजारमा सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग थप जानकारी लिएर यस विषयमा समितिले थप अध्ययन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्