बझाङमा दुई ठूला भूकम्प, दर्जन बढी भौतिक संरचनामा क्षति

बझाङमा दुई ठूला भूकम्प, दर्जन बढी भौतिक संरचनामा क्षति

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गएका दुई ठूला भूकम्पका कारण ठुलो भौतिक क्षति भएको छ । भूकम्पले बझाङका धेरै घर, विद्यालय ,सडक तथा भौतिक संरचनामा क्षति पुगेको हो ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूकम्प गएको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को ठूलो भूकम्प गएको हो ।

भूकम्पको धक्का केन्द्रिय राजधानी काठमाडौं तथा भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीका अनुसार केही भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण आए पनि हाल सम्म कुनै मानविय क्षति भएको छैन्।

भूकम्पका कारण पश्चिम नेपालमा कति क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्