सत्ता गठबन्धन भत्कियो: एमाले, माओवादी, रास्वपासहितको नयाँ समीकरण

सत्ता गठबन्धन भत्कियो: एमाले, माओवादी, रास्वपासहितको नयाँ समीकरण

काठमाडौं। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको सत्ता समीकरण टुटेर नयाँ गठबन्धन सरकार बन्ने भएको छ ।

पछिल्लो विकसित घटनाक्रम  अनुसार माओवादी केन्द्र, एमाले, रास्वपा र जसपासहितको नयाँ समीकरण बनेको हो ।

यससंगै आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठन गर्न नेताहरु सहमत भएका छन् ।

एमाले, माओवादी, रास्वपा र जसपाबाट  एक-एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन् । चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।

आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आकस्मिक बसेको एमालेको  सचिवालय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए

सहकार्य गरेर सरकारमा जानेबारे छलफल भएको  थियो ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले  आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् बन्ने बताएका छन् ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्