गरिबमाथि प्रकृतिको पनि बज्रपात

गरिबमाथि प्रकृतिको पनि बज्रपात

बझाङ ।  बझाङको मष्टा गाउँपालिका–५ द्वारी की कञ्चना कठायतले ३५ वर्षमा पाइला टेके । यो उमेरसम्म उनलाई प्रकृतिले सङ्कटमा पारेको अहिलेसम्म सम्झना छैन ।

बाल्यकालमा पर्‍याप्त आवश्यकता माइतीघरमा पूरा गरेकि कञ्चनालाई बिहेको दिनदेखि नै दौडधुप बढ्यो । माइतीघरमा छँदा सबै आवश्यकता पूरा गरिएको हुँदा सानोतिनो समस्याले उनलाई छुँदैन थिए । जब पराइघर गए, त्यसपछि उनीमाथि सङ्कट आइलाग्न थाल्यो ।

उनलाई बिहेपछि घरको जेठो बुहारीको जिम्मेवारी झन थपियो । श्रीमान् खडक कठायतलाई पनि भाइबहिनीको शिक्षादिक्षालगायत जिम्मेवारी थपियो । त्यति हुँदाहुँदै घरमा उनीहरूको वैवाहिक जीवन राम्रै चलेको थियो । सात वर्ष अगाडि घरमा सबै भाइहरूसहित बाआमा अलग भए । घरको सम्पत्ति बाँडफाँट गरियो । त्यो बेलामा खडकका दुई सन्तान मात्रै थिए, दिव्य र सीमा ।

उनले परिवारबाट अलग भइसकेपछि एउटा घर निर्माण गरें । घरमा सबै राम्रै चल्दै थियो । त्यसपछि सुरु भए उनका दुःखका दिन । दुई सन्तानको लालनपालन गर्न उनको कमाइले ठीकै हुन्थ्यो । उनले परिवारका लागि समय र घरखर्च चलाइरका थिए ।

समयअनुसार भारत गएर राम्रै आम्दानी गर्ने खडकलाई कोरोना महामारीको ‘लकडाउन’ले निकै मर्कामा पार्‍यो । त्यसपछि उनलाई सन्तोषजनक हुने समय कहिल्यै आएन । भारतमा भएको रोजगारी खोसियो र घर आउनुपर्‍यो । गाउँमा कतै काम पाइएन । उनलाई लकडाउनले फेरि भारत जाने अवस्था पनि रहेन ।

त्यसपछि उनको घरमा छोरीको जन्म भयो । त्यसको दोस्रो वर्षमा अर्को छोरा र तेस्रो फेरि छोरी जन्मिए । अहिले खडक छोराछोरीको पालनपोषणकै लागि भारतको उत्तर प्रदेशको खरीखानीमा पसिना बगाइरहेका छन् । खडक आधारभूत तहमै विद्यालय छोडेर विदेशीएका थिए ।

“सुरुआती दिनमा अलि राम्रो कमाइ थियो”, कञ्चनाले भने, “अहिले आफूलाई खान पनि नपुग्ने कमाइ छ, सानोतिनो कमाएको यता पठाउ छन्, घरमा दाल, चामल किन्नसमेत पुग्दैन ।” द्वारीमा भएको आफ्नो जमिनबाट उत्पादन हुने अन्नले दुई महिना पनि नपुग्ने र बाँकी १० महिना नै किनेर खानुपर्ने उनले बताए ।

द्वारीमा करिब चार सय परिवार बस्छन् । त्यसमध्ये दोघरी (दुई घर भएका), तेघरी (तीन घर भएका) धेरै छन् । खडकको भने एउटै घर छ । “गाउँलेहरू प्राकृतिक सङ्कट आउँदा अर्को घरमा जान्छन्”, कञ्चनाले भने, “मेरो परिवारका लागि भनेजस्तो परिस्थितिमा पनि अन्त जाने ठाउँ छैन, सबैले गाउँ छाडेर गए पनि हामी एक्लै यतै बस्छौँ ।”

गत वर्षभन्दा अगाडि जति दुःख भोग्दा पनि एउटा घर त छ भन्ने थियो । गत असोजदेखि त्यो पनि नरहेको उहाँले बताउनुभयो । असोज १६ गते भूकम्पले उनको परिवारमाथि थप बज्रपात निम्त्यायो । “चर्पी भत्कियो, ठाडो घर नै तेर्सो बनायो, ढल्ने–ढल्ने जस्तो भएको छ, ढोका नमिल्ने भएका छन्, त्यसैमा सुतिरहेका छौँ”, उनले भने । अब राति भूकम्प आयो भने ज्यानै जोगाउन मुस्किल हुने उनले बताए ।

उनले भने, “दिउँसो भुइँचालो आए त भाग्न पनि सकिन्थ्यो, राति त सानो आए पनि घर निश्चित ढल्छ ।” भुइँचालो आएका बेलामा पनि भागेर ज्यान जोगाएको उहाँले सम्झिनुभयो । उनले भने, “एक दुई दिन त बाहिर त्रिपाल हालेर सुत्यौँ, जाडोका बेलामा सधैँभरि बाहिर बस्न पनि सकिँदैन, कतै नपाएर फेरि यसैमा टाउको जोगाएका छौँ ।”

अहिले कञ्चना घरमा पाँच छोराछोरीसहित बस्छन् । खडक भारतमै ज्यालादारी गर्नुहुन्छ । “श्रीमान्ले सानोतिनो पठाएको यता खान पुग्दैन, घर केले बनाउनु, पैसा नभए अरु ठाउँ कसरी जानु ?”, उनी भन्छन् । भुँइचालो आएपछि नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ (एनएनएसडब्लुए) र डिसिए नेपाल नामक कञ्चनपुरको संस्थाले भूकम्पको मारमा परेका परिवारलाई रु १५ हजार नगद सहयोग गर्‍‍यो । त्यसमा उनको परिवार पनि पर्‍यो । संस्थाले मष्टामा मात्रै चार सय ८१ परिवारलाई रु १५ हजारकै दरले नगद सहयोग गरेको थियो ।

कतिपयले उक्त रकम टहरा निर्माणमा खर्च गरे भने कतिले अन्य प्रयोजनमा खर्च गरें । खडकको परिवारले भने सो रकमले खाद्यान्न ल्याएको र मजदुरी गर्न भारत जान खर्च गरेको कञ्चनाले बताइन् । पालिकाले भूकम्प आएका बेलामा एउटाएउटा त्रिपाल दिएको थियो । त्योभन्दाबाहेक अहिलेसम्म राहतको नाममा केही नपाएको उनले गुनासो गरें ।

“संस्थाले दया गर्नाले बेसहारालाई केही राहत भयो”, स्थानीय दीपक कठायतले भने, “सरकारी तबरबाट केही आएको छैन, रु ५० हजार दिने मात्रै भनेको छ, अहिलेसम्म आएको छैन, आए पनि घर निर्माण गर्न निकै मुस्किल हुन्छ ।” उनका अनुसार उक्त रकम पनि सरकारी किस्ताबन्दीमा आउन सक्छ । सामान्य एउटा काठको टुक्रालाई हजार रुपैयाँ पर्छ भने त्यो रकमले अस्थायी आवास निर्माण गर्न चुनौती नै भएको उनले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्