कर्णालीको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरको जलयात्रा

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरको जलयात्रा

काठमाडौं । कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरको जलयात्रा द ग्रेट कर्णाली क्वेस्ट २०२४ आयोजना हुने भएको छ ।

नेपाल एसोसिएसन अफ राफ्टीङ एजेन्सिज, नेपाल नदी सरंक्षण संस्था र कर्णाली बेसिन सरंक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा आगामी मार्च ८ देखि १३ सम्म हुने भएको हो । २ सय ४८ किलोमिटरको दुरी पार गरिने राफ्ट दौडअन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो हुने आयोजकले जनाएका छन् ।

दैलेखको आठबिस नगरपालिकामा राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म पुगिने राफ्ट दौडले कर्णाली नदी तटीय क्षेत्रमापर्यटकीय गतिविधि बढाउने जनाइएको छ ।

यसबाट सहभागीहरूले मनोरम प्राकृतिक दृश्यहरू खोजी गर्ने छन् ।र्‍याफबोटमा चुनौतीपूर्ण ¥यापिडहरू छिचोल्दै साहसिक अनुभव लिने र स्थानीय समुदाय तथा संस्कृतिसँथ परिचित हुने छन् ।

प्रतियोगितामा १६ टोलीहरू हुनेछन् । करिब ६ अन्तर्राष्ट्रिय टोली सहभागी हुने जानकारी प्राप्त भएको आयोजकले जनाएका छन् ।

सहभागिताका लागि आवेदन फेब्रुअरी ५सम्म खुला गरिएको छ ।प्रत्येक टोलीको दर्ता शुल्क ४ सय ५० यूएस डलर राखिएको छ । समापन समारोहमा सहभागीहरूको खेलको स्मरण गर्दै नगद पुरस्कार, पदक र प्रमाणपत्रहरू प्रदान गर्ने कार्यक्रम छ । सबैभन्दा लामो दुरीको राफ्ट दौड भएकाले कार्यक्रम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता हुने अपेक्षा आयोजकको छ ।

कार्यक्रमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह, नेपाल पर्यटन बोर्डको सहयोग छ ।

द कर्णाली क्वेस्ट यसअघि मंसिर ७–१२ मा गर्ने मिति आयोजकले तय गरेका थिए । गत कात्तिक तेस्रो साता जाजरकोट र रुकुममा भूकम्पले जनधनको क्षति भएपछि कार्यक्रमको मिति आगामी फागुन २५–३० का लागि सारिएको हा

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्