सबै मिलेर संसदलाई अझ प्रभावकारी बनाउनुपर्छः सांसद खतिवडा

एमालेले संसदलाई अनिर्णयको बन्दी बनायो

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले संसदलाई सबै एकताबद्ध भएर अझ प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संसद र संसदीय व्यवस्थाप्रति आकर्षण भएन भने संविधानप्रति आकर्षण कम हुने भन्दै यसलाई प्रभावकारी बनाउन सबै एक भएर लाग्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘संसदप्रति आकर्षण भएन, संसदीय व्यवस्थाप्रति आकर्षण भएन भने हामीले बनाएको संविधानप्रति आकर्षण कम हुन्छ । त्यसैले यो संसदलाई अझ दरोसाथ सबैले एकताबद्ध भएर एउटा पार्टीले अर्को पार्टीलाई गाली नगरिकन, काम गर्ने समय आएको छ । जिम्मेवारी झन् थपिएको छ ।’

यस्तै, उनले नेपालको राजनीतिक स्थिरताका लागि समानुपातिक प्रतिनिधित्व आवश्यक भएको भन्दै तर समानुपातिकमा एकपटक भन्दा बढी आउन नपाउने पद्धतिको सुरुवात गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालको राजनीतिक स्थिरताका लागि समानुपातिक प्रणाली आवश्यक छ । यसलाई राष्ट्रिय सभामा परिणत गरौं । संविधान संशोधन गर्नुपर्छ, प्रतिनिधि सभालाई प्रत्यक्ष गरौं । यसमा सबै दलहरु एक हौ । एक पटकभन्दा बढी समानुपातिकमा आउने पद्धति ल्याउनु हुँदैन । यसबारे छलफल सुरु भएको छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्