संसद करदाताको पैसा सक्ने थलो मात्रै हुदैँ गयो: सांसद झा

संसद करदाताको पैसा सक्ने थलो मात्रै हुदैँ गयो: सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मानिस झाले, सदन करदाताको पैसा सक्ने थलो मात्रै बन्दै गएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिभिसभा बैठकपछि पत्रकारहरुसँग उनले, दोस्रो अधिवेशनमा सांसदहरुले उर्तिण अंक समेत नपाएको भन्दै यसरीनै अधिवेशनहरु सकिन्छ भने त्यो करदाताको पैसा सकाउँने र विभिन्न सेटिङ्हरु गर्ने थलो मात्रै हुदैँ छ कि भन्ने एउटा डर रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो राजनीतिक यात्रामा हाम्रो दोस्रो अधिवेशन मात्रै हो यो, यसमा कस्तो कामहरु भयो भन्दा हामीले पास मार्क पनि पाएनौ, जुन ४० प्रतिशत पाउँनु पर्ने थियो, त्यो पनि पाएनौ, यसरी नै अधिवेशनहरु सकिन्छ भने त्यो करदाताको पैसा सकाउँने र यहाँ आएर वक्तित्वकला प्रतियोगिता गर्ने र अर्को विभिन्न सेटिङ्हरु गर्ने थलो मात्रै हुदैँ छ कि भन्ने एउटा डर छ ।’

उनले दुईवटा अधिवेशनमा २७५ जनामा ७५ जना लोभ लाग्दा सांसदहरु रहेको महशुस गरेको बताए ।
उनले भने,‘मैले यो दुईवटा अधिवेशनमा के महशुस गरे भने २७५ जनामा ७५ जना लोभ लाग्दा सांसदहरु हुनुहुन्छ । २५ जना प्रयासरत छन्, अरु जुन बाँकी हुनुहुन्छ, उहाँहरु उपस्थितिको लागि मात्रै उपस्थित हुनुहुन्छ र पदमा बस्नको लागि मात्रै बस्नु हुन्छ ।’

उनले अब सांसदहरुलाई पनि गृहकार्य दिनुपर्ने भन्दै जनताको जनप्रतिनिधित्व गर्नको लागि कतिको क्षमता छ भनेर एउटा जिम्मेवारी दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्