काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनमा फूलको बजारको व्यवस्था नगरे प्रधानमन्त्री कार्यालय अगाडि फूल ल्याएर राख्ने बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशबाट आयात हुने प्लास्टिकका फूलहरु नियन्त्रण गरेर नेपालमा उत्पादित्त फूलहरुलाई प्रवर्धन गनुपर्ने भन्दै त्यस्तो नभए प्रधानमन्त्रीको कार्यालय अगाडि जाने बताए ।
उनले भने, ‘तिहार आउँदैछ, बजारमा फूलको माग छ । विदेशबाट आयात हुने प्लास्टिकका फूलहरु नियन्त्रण गर्ने र हामीले उत्पादन गरेको फूलहरुलाई प्रवर्धन गर्ने हो भने अरु किसानको जस्तो अवस्था हुदैँन् । सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँन चाहन्छु चितवनमा फूलको बजारको व्यवस्था होस् यदि भएन भने प्रधानमन्त्री कार्यालय अगाडि चितवनका किसानहरुले उत्पादन गरेको फूल ल्याएर प्रधानमन्त्रीको कार्यालय अगाडि राख्ने छौ ।’
उनले करिब ६० विगा जमिनमा राष्ट्रिय स्वतन्त्र पार्टीको अगुवाईमा चितवनका किसानहरुले फूल उत्पादन गरेका पनि जानकारी दिएका छन् ।
यस्तै, उनले यो सरकार किसान मारा सरकार भएको भन्दै किसानका मुद्धा जति पटक उठाए पनि समस्या जस्ताको त्यस्तै रहेको बताए ।
उनले भने, ‘यो सरकार किसान मारा सरकार हो । किसानका मुद्धा यो ११ महिना, यो सदनमा कति पटक उठाए तर समस्या जस्ता, त्यस्तै छ । माछा किसान, तरकाी किसान, फलफूल किसान, दूधको कारोबार गर्ने किसान सबैको हालत उस्तै छ तैपनि यो सून्य समयको उपभोग गर्न मन लागेको भएर मैले चितवनका फूल किसानका बारेमा जानकारी गराउँन चहान्छु ।’