संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारले पूरा गरेनः सांसद पन्त

सरकारले संसद्लाई अप्ठ्यारो पार्ने काम गर्‍यो  : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारले पूरा गर्न नसकेको बताएका छन् ।

बिहिबार  प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरसँग बोल्दै उनले प्रधानमन्त्रीले संसदलाई प्रभावकारी बनाउन नसकेको बताए ।

उनले भने, ‘संसदलाई प्रभावकारी बनाउने, त्यसलाई काम दिने सरकारको दायित्व हो र प्रधानमन्त्रीको दायित्व हो । सरकारले यो दायित्व पूरा गरेन ।’

यस्तै, उनले मुख्य विधेयकहरु समितिमा थन्किएर बसेको भन्दै त्यसलाई पारित गर्न भूमिका खेल्ने सरकार र सम्बन्धित मन्त्रीहरुले यसमा चासो नदेखाएको बताए ।

उनले भने, ‘मुख्य विधेयकहरु समितिमा थन्किएर बसेका छन्, ती विधेयकलाई छिटो पारित गर्न पाए हुन्थ्यो भन्ने छ, तर त्यसलाई पारित गर्न सरकार र सम्बन्धित मन्त्रीहरुले भूमिका निर्वाह गर्नुपर्ने हो । तर मन्त्रीहरुलाई त्यसको चासो नै छैन ।’

उनले संसदमा प्रतिपक्षले बोल्ने, विषयहरु ल्याउने कुरामा कमजोरी भए आलोचना गर्न छुट भएको भन्दै कार्यान्वयन गर्ने स्थानमा सरकार भएको तर सरकारले कार्यान्वयन गर्ने काम पूरा गर्न नसकेको बताए ।

सरकारले सुशासन दिन सक्यो कि सकेन, जनतालाई विश्वस्त बनाउन सक्यो कि सकेन भन्ने कुराको प्रमाण पाँच महिनासम्म बजेटको कार्यान्वयन पनि गर्न नसक्दा पुष्टि भएको उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्