काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले सरकारले यातायात क्षेत्रलाई निरुत्साहित गर्ने काम गरेको आरोप लगाएकी छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगर यातायात र अन्य यातायात कम्पनीहरुले पनि जिपिएस जिआईएस नेटवर्क सिस्टम जडान गरेर आफूलाई व्यवस्थित र पारदर्शी बनाइरहेको भन्दै सरकारले त्यसलाई निरुत्साहित गर्ने काम गरेको बताएकी हुन् ।
उनले भनिन्, ‘महानगर यातायात र अन्य यातायात कम्पनीहरुले पनि जिपिएस जिआईएस नेटवर्क सिस्टम जडान गरेर आफूलाई व्यवस्थित र पारदर्शी बनाएका छन् । तर सरकार त्यस्ता प्रयासहरुलाई देखिरहेको छैन । निरुत्साहित गरिरहेको छ । दुई महिनामा खुइलिने रातो रङ सडकमा पोतेर सार्वजनिक यातायातमा समाजवादको गफ सरकारले दिइरहेको छ ।’
यातायातको क्षेत्र व्यवस्थित गर्न ठूला र व्यवस्थित सवारी साधनलाई सिस्टममा चलाउने व्यवस्था गरिनुपर्ने उनको भनाई छ ।