नेपालका अभिषेक चुडालले पाए अन्तर्राष्ट्रिय अवार्ड

नेपालका अभिषेक चुडालले पाए अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । ‘चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३’ अभिषेक चुडालले अन्तर्राष्ट्रिय अवार्ड हात पारेका छन् ।

फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्री क्लबमा सम्पन्न पुरुषहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनल २०२३ मा उनले ‘मिस्टर कन्जिनियालिटी’ अवार्ड पाएका हुन् ।

‘अन्तर्राष्ट्रिय मञ्चमा पुगेर नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच थियो । टफ कम्पिटिशनमा मिस्टर कन्जिनियालिटी अवार्ड जित्न सफल भएँ’ अभिषेकले भने ।

हिमालय एयरलाइन्समा क्याबिन क्रु रहेका अभिषेक यसअघि मिस्टर नेपाल २०२२ मा फर्स्ट रनरअप भएका थिए । अभिषेकलाई मिस्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिईंईले मिस्टर इन्टरनेसनल २०२३ मा नेपालका तर्फबाट सहभागिता गराएको थियो ।

मिस्टर इन्टरनेसनल २०२३ मा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि चुमेका थिए । मिस्टर इन्टरनेसनल २०२३ मा विभिन्न ३५ देशका पुरुषले स्पर्धा गरेका थिए । प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गरेका थिए ।

काठमाडौंको मूलपानीका २५ वर्षीय चुडालले ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट मिस्टर इन्टरनेसनल नेपाल २०२३ छनोट भई सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट  प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन् ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराए । अनुपका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रवीणराज जोशी र सुजन जंगमले गरेका थिए भने लोकेसन नेपालका गौतम धिमालले फोटो सुट गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्