काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
बिहीबार कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका छन् ।
आज हुने खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन ।
नेपाल र ओमानबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका दुवै टोली समुह विजेताको बन्न प्रतिस्पर्धा गर्दैछन् ।
दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।