रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्चले आज फैसला सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाललाई (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ सकेर आज निर्णय सुनाउने भएको छ ।

बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकेका थिए । त्यसको आज निर्णय सुनाउने तयारी छ ।

संविधान दिवस २०८० को अवसरमा जन्मकैदको सजाय भोगिरहेको योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफासिरसँगै ढकाललाई राष्ट्रपतिले आममाफी दिएका थिए ।

ढकाल कारागारमुक्त भएपछि चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्