काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि ओरालो लागेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम रहेको छ ।
मंगलबार प्रतितोला छापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।