पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेललाई कसरी बदनाम गर्न सकिन्छ भनेर विरोधीहरु निरन्तर लागिरहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको विशेष समारोहलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जालझेल, षडयन्त्र, अफवा चलाएर र झुटको सहारा लिएर वदनाम गर्न खोजिएपनि त्यसमा उनीहरु सफल नहुने ठोकुवा ओलीले गरें ।
आफूले प्रधानमन्त्री प्रचण्डलाई दुर्गा प्रसाईलाई गिरफ्तार गरिदिनुपर्यो भनेर विन्ति विसाएको भनेर गलत हल्ला फैलाइएको भन्दै आक्रोश पोखें । आफ्नो शिर काटिएर गएपनि यसरी शिर नझुकाउने उनको उद्घोष थियो ।
‘केपी ओलीले प्रचण्डलाई गएर दुर्गा प्रसाईलाई गिरफ्तार गरिदिनु पर्यो भनेर विन्ति विसाए भनेर गलत हल्ला फैलाइयो, म भन्न चाहन्छु काटिएर जाओस् यो शिर बरु तर त्यस्ताहरुसँग यो शिर झुक्दैन, भोकै मर्छ होला घाँसका तान्द्रा टिप्न बाघ जाँदैन’ उनको उद्घोष थियो ।
पछिल्लो समयमा कम्बोडियामा तीन हजार करोड राखेको छ भनेर आएको हल्लाबारे समेत उनले प्रष्ट पारेका छन् । तीन वर्ष भन्दा अघि भारतीय मिडियाले प्रचार गरेर त्यो गलत भयो भनेर सच्याई सकेर छोडिसकेको कुरो अहिले नेपालमा हल्ला फिजाएको उनको दावी थियो । हल्ला फिजाएको कुरामा सत्यता नभएको प्रष्ट पार्दै यदी सत्य भए त्यस रकममा थप एक हजार बक्सिस थपेर पत्ता लगाउने व्यक्तिलाई नै दिने घोषणा समेत गरें ।
‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छुँ भने धेरै नाफाको विजनेस म बताइदिन्छु, त्यो पत्ता लगाउन जानोस्, पत्ता लगाउनुहोस्, त्यो पनि तपाइकै नाममा गर्दिन्छु, एक हजार रुपैया त्यसमा बक्सिस थपिदिन्छु’ ओलीले भने ।
आफू अनेकपल्ट मरेर बाँचेको मानिस भएको र सम्पत्ति कमाएर थुपारिदिनुपर्ने अवस्था नभएको समेत उनले प्रष्टाए । ‘म बदनाम भएर अरुले खाने मुर्खता केपी ओलीले गर्दैन, सन्तानको लागि भन्ने हो भने भगवानका कृपाले छोराछोरी छैनन् आनन्द छ’ उनले थपे ।
प्रतिक्रियावादी शक्तिहरुलाई ठेगान लगाउन अझै २० वर्ष राजनीति गर्ने घोषणा उनले गरें । ‘पदमा बस्छु बस्दिन बेग्लै कुरा हो, अझै २० वर्ष राजनीति गर्छु, किनभने यो देशका प्रतिक्रियावादी शक्तिहरुलाई ठेगान लगाउनु छ’ उनले भने ।
हाल देशको अवस्था गम्भीर रहेको भन्दै आर्थिक रुपमा देश टाट पल्टने अवस्थामा पुगेको बताए । आफ्नो कार्यकालमा रेमिटान्स बढेको र विदेशजानेक्रम घटेको भएपनि अहिले गठबन्धन सरकारका दुईवर्षमानै देश एसियाको सबैभन्दा गरिब देश बनेको भन्दै सरकारप्रति उनले आक्रोश पोखें ।
एमाले गण्डकी प्रदेशमा प्यानलगत रुपमा निर्वाचन भएकोमा असन्तुष्टि जनाएका उनले अब सबैलाई मिलाएर एकतामा जोड दिँदै कार्य गर्न नयाँ टिमलाई निर्देशन दिए । अहिलेपनि आफू दैनिक १८ घण्टा काममानै खटिने गरेको भन्दै कार्यकर्तालाई कार्यक्षेत्रमा निरन्तर खट्न आग्रह गरें । आगामी निर्वाचनमा हरेक वडाबाट ५१ प्रतिशत मत एमालेलाई प्राप्त हुनेगरी मिसन २०८४ अभियानमा लाग्न उनको निर्देशन थियो ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोर्कण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी, स्थायी कमिटी सदस्य तथा कास्की इन्चार्ज थममाया थापा, गण्डकी उपाध्यक्ष मिन प्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी र सोमबार पार्टी प्रवेश गरेका दलबहादुर गुरुङले बोलेका थिए ।
सोही कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र सदस्यलाई अध्यक्ष नवराज शर्माले सफल खुवाए भने नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेकालाई अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरें ।