काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा नेपालसँग हारेपछि सिंगापुरका क्याप्टेन अरित्र दत्तले नेपाली खेलाडिले गरेको प्रर्दशनको प्रशंसा गरेका छन् ।
खेल सकिएपछि सञ्चारकर्मीसँग दत्ताले नेपाली टोलीलाई घरेलु मैदानको फाइदा भन्दा पनि उनीहरुले गरेको प्रर्दशन राम्रो भएकाले आफूहरुले खेल हारेको बताए ।
आजको खेल हारेपनि त्यसबाट सिकेर अर्को खेलमा राम्रो गर्ने भन्दै उनले भने, ‘म यो भन्दिन कि होम एडभान्टेज नेपाललाई छ । उनीहरुले साँच्चै राम्रो क्रिकेट खेले । होम ग्राउण्डको फाइदा केही हुनेनै भयो तर,उनीहरुको राम्रो खेले र राम्रो टीम प्रर्दशन गरे । हाम्रो भन्दा राम्रो ।’
नेपालका बलर करण केसीले क्याप्टेन अरित्र दत्तलाई आउट गरी नेपालका लागि पहिलो विकेटको सफलता दिलाएका थिए ।
४६ बल खेल्दै सर्वाधिक ७४ रनको योगदान ओपनर कुशल भुर्तेलले आफूले गरेको प्रर्दशनप्रति खुशी भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘पहिला मूलपानीमा गरेको प्रर्दशनप्रति आफैंलाई चित्त बुझेको थिएन । आजको खेलमा मन्टीसर,रोहित सबैले म प्रति विस्वास र सपोर्ट गरेका थिए । खुशी छु ।’
उनले आसिफ शेख र आफ्नो पार्टनरसीप राम्रो रन बनाए पनि जारी छनोट खेलमा दिपेन्द्र सिंह ऐरिले चोटका कारण सहभागि हुन नसक्नेप्रति दु : ख व्यक्त गरे ।
‘दिपेन्द्रको अवस्था हेर्दा नराम्रो लाग्छ । हाम्रो लागि यो वर्षकै ठूलो र अन्तिम टुर्नामेन्ट थियो। नराम्रो लागिराको छ ।तर,उ नभएपनि अरु सबै छन्, सबैले राम्रो गरे टुर्नामेन्ट राम्रो हुन्छ । जुन स्पिरिटमा आज खेल्यैँ भोलि पनि जारीरहन्छ ।’
जितपछि, सिंगापुरविरुद्ध आजको खेलमा नेपाललाई २ विकेट दिलाएका बलर गुल्सन झाले आफ्नो बलरको भूमिकालाई शतप्रतिशत दिएर क्वालिफायरमा अझ राम्रो प्रदर्शन गर्ने बताए ।
समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबीचको किर्तिपुर मैदानमा आज बिहान भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्यलाई नेपालले १६.३ ओभरमा मात्रै २ विकेट गुमाएर पुरा गर्यो ।
९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको सिंगापुरले आफ्नो टीमको प्रर्दशन राम्रो नभएकै कारण खेल हारेको भन्दै क्याप्टेन दत्ताले नेपाली खेलाडीको प्रसंशा समेत गरे ।
एसिया छनोटमा एसियाका आठ देश सहभागी खेल १९ कात्तिकसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा समुहचरण ए र बी अन्र्तगत दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।