टी–२० क्रिकेटमा सिंगापुरले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य

टी–२० क्रिकेटमा सिंगापुरले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरले नेपालसामु १ सय ४६ रनको लक्ष्य दिएको छ ।

समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको पहिलो खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो ।
जारी खेलमा राम्रो सुरुवात गरेपनि सिंगापुरले निर्धारित समयमा १ सय ४५ रन मात्रै बनायो ।

सिंगापुरको व्याटिङलाई दबाबमा राख्न नेपालका लागि अविनास बोहराले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी, गुल्सन कुमार झाले समान २ /२ विकेटको योगदान गरे ।

सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन,आर्यवीर चौधरीले ३५ रन, मनप्रित सिंहले २४ रनको योगदान गरे ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्