काठमाडौं । टी–२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले बलिङ गर्ने भएको छ ।
समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले फिल्डिङ गरिरहेको छ ।
एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।
नेपाली टोलीमा आज सन्दीप लामिछानेले मैदान प्रवेश गरेका छन् । त्रिकोणात्मक सिरिज नखेलेका उनले फाइनल खेलमा भने सहभागी भएका हुन् ।
क्यानले खेलाडी परिवर्तन गर्दै नेपाली टोलीमा ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् । अरु खेलाडी भने परिवर्तन भएको छैनन् ।