रक्तदान कार्यक्रम कम हुँदा पोखरामा रगत अभाव

रक्तदान कार्यक्रम कम हुँदा पोखरामा रगत अभाव

पोखरा ।रक्तदान कार्यक्रम कम हुँदा पोखरामा रगत अभाव भएको छ । विरामीको अप्रेसन र रगत कम भएकाहरुका लागि आवश्यकपर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए ।  दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैंको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको उनको भनाई छ ।

यस अगाडि कात्तिक १० र ११ गते पोखरामा रक्तदान कार्यक्रम भएपनि जम्मा ५० युनिट मात्र संकलन भएको बताए ।

पोखरामा भएको यहीं रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अभिभावक गृहले पोखरा ५ जिरो किलोमिटरमा सोमबार विहान साढे ७ बजे रक्तदान कार्यक्रम राखेको गृहका अध्यक्ष देबेन्द्र सुबेदीले जानकारी दिए । उनले रक्तदान जीवनदान भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको बताएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्