नेपाल विश्वको साथी हो: महासचिव गुटरेस

नेपाल विश्वको साथी हो: महासचिव गुटरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले, नेपाल विश्वको असल साथी भएको बताएका छन् ।
गएराति नेपाल भ्रमणमा आएका गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि संयुक्त रुपमा पत्रकारसंग साक्षात्कार गर्दै उनले नेपाल विश्वको साथी भएको र विश्वले पनि राम्रो साथीको रुपमा नेपाललाई हेर्नु पर्ने बताए ।

उनले भने ‘‘नेपाल विश्वको साथी हो । त्यसैले विश्व नेपालको महत्वपूर्ण साथी हुन् जरुरी छ । सहकार्य गरेरै हामीले त्यो यथार्थलाई प्रकट गर्न सक्छौँ ।’
त्यस्तै नेपालले विश्व शान्तिका लागि  पुर्‍याएकाे  योगदानको खुलेर प्रशंसा गरेका छन् ।

नेपालले राष्ट्रसंघमार्फत शान्ति सैनिक पठाएर विश्वशान्तिका लागि खेलेको भूमिकाको उनले प्रशंसा गरेका गरेका हुन् ।
अर्को प्रसंगमा उनले, नेपालले जलवायु परिर्वतनका कारण भोगेको समस्याबारे आफुले नजिकबाट जानकारी लिएको बताए ।

जलवायु परिर्वतनका कारण हिमालय क्षेत्रमा परेको असरबारे प्रत्यक्ष रुपमा अध्ययन गर्न आफु त्यसक्षेत्रमा जान लागेको उनले जानकारी दिए । उनले भने ‘जलवायु परिर्वतनले समुदायमा परेको असर निक्कै नै दुखदायी छ । म त्यहाँका स्थानीय मानिसहरुलाई भेट्ने छु र उनीहरु कसरी प्रत्यक्ष प्रभावित भएका छन् भन्ने कुराबारे जानकारी लिनेछु । म पोखरा भ्रमणमा जानेछु र सिधैँ लुम्बिनितर्फ लाग्नेछु । त्यहाँबाट भगवान बुद्धले देखाएको शान्ति र अहिसांको बाटो, गहिरोसंग समस्यामा परेको विश्वका लागि आज पनि उतिक्कै महत्वपूर्ण र सान्र्दभिक छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्