पाेखरा २२ मा नगरबस दुर्घटना, घाइते सबैकाे उद्धार

पाेखरा २२ मा नगरबस दुर्घटना, घाइते सबैकाे उद्धार

पाेखरा। पोखरा यातायात प्रालिको ग १ ख ८५८५ नम्बरको नगर बस आइतबार दिउँसो  दुर्घटनामा परेकाे छ । पोखरा १७ छोरेपाटनबाट पोखरा २२ शान्तिस्तुपा हुँदै पुम्दीभुम्दीतर्फ जाँदै गरेको बस घैयाखेतमा   दुर्घटना भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

बसमा सवार ३० जना यात्रु मध्ये ११ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको पाठकको भनाइ छ । बस घुम्तीमा ब्याक भएर  दुर्घटना भएकाे प्रारम्भिक अनुमान गरिएको छ ।

‘घाइतेको उद्धार भइसकेको छ, उनीहरुलाई थप उपचारका लागि पोखराका विभिन्न अस्पतालहरुमा लगिएको छ, बसमा  ३० जना यात्रु सवार थिए भन्ने बुझिएको छ’ पाठकले भने।

बस सडकबाट ५०  मिटर तल खसेको थियो । ‍दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्